१७ बैशाख २०८१, सोमबार

बेन्जेमा र रोनाल्डो एकअर्काको प्रतिद्वन्द्वी बन्ने

benjema

रियाल मड्रिडका पूर्व टिम मेट करिम बेन्जेमा र क्रिस्टियानो रोनाल्डो एकअर्काको प्रतिद्वन्द्वी बन्ने भएका छन् ।

फ्रान्सका पूर्व फरवार्ड बेन्जेमा साउदी अरेबियन क्लब अल इत्तिहादमा आबद्ध भएपछि रोनाल्डोसँग भेट हुने भएको हो । उनले इत्तिहादसँग तीन वर्षको सम्झौता गरेका छन् ।

अल-इत्तिहाद उल्भ्स र टोटेनहमका मालिक नुनो इस्पिरितोको स्वामित्वमा छ । बेन्जेमालाई कति रकममा क्लबले भित्र्याएको हो भन्नेबारे जानकारी दिइएको छैन । तर अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार उनी एक सय मिलियन युरोभन्दा बढीमा आबद्ध भएका हुन् ।

केही दिन अघि मात्र साउदीको चार शीर्ष क्लब मध्येको एक इत्तिहादको स्वामित्व देशको पब्लिक इन्भेस्टमेन्ट फन्डले दिएको घोषणा गरिएको थियो । यहि फन्डले इंग्लिस प्रिमियर लिग क्लब न्युक्यासललाई पनि नियन्त्रण गर्छ ।

बेन्जेमाले एक वर्ष बाँकी रहँदै रियालसँगको सहकार्य टुंग्याएका थिए । रियालमा १४ वर्ष रहँदा उनले पाँच च्याम्पियन्स लिग र चार ला लिगासहित कूल ३५ उपाधि जितेका थिए । बेन्जेमाले नयाँ क्लबबाट आगामी डिसेम्बरमा क्लब विश्वकप खेल्नेछन् ।

पछिल्लो समय स्टार खेलाडीको रोजाईमा साउदी क्लब बन्ने गरेको छ । अल नासरमा आबद्ध रोनाल्डोले आगामी सिजन पनि साउदी लिगमै बिताउने बताइसकेका छन् । उनले ठूला नाम गरेका खेलाडीको आमगन भए साउदी प्रो-लिग विश्वको शीर्ष पाँचमा पर्न सक्ने पनि बताएका थिए । अर्जेन्टिनी लियोनल मेस्सी पनि साउदीकै अर्को क्लब अल हिलालमा आबद्ध हुने चर्चा भइरहेको छ।

    सम्बन्धित समाचार...