२४ बैशाख २०८१, सोमबार

अब दक्षिण कोरियाले पानीजहाज बनाउने क्षेत्रमा नेपाली श्रमिक लैजाने

South Korea

दक्षिण कोरिया सरकारले पानीजहाज बनाउने क्षेत्रमा समेत नेपाली श्रमिक लैजाने भएको छ । अहिलेसम्म कृषि तथा उत्पादनमूलक क्षेत्रमा लगिँदै आएकोमा कोरियाले क्षेत्र विस्तार गरेको हो ।

उत्पादनमूलक क्षेत्रमा छनोट भएका श्रमिकलाई कोरिया लगेर तालिम दिई पानीजहाज बनाउने कार्यमा लगाइने जनाइएको छ । हालै कोरिया भ्रमण गरी फर्किएको नेपाली टोलीले सूचीमा रहेका १२ हजार श्रमिकलाई छिटो कोरिया जाने वातावरण मिलाउन आग्रह गरेको थियो । त्यस्तै कोरियाबाट फर्किएका श्रमिकलाई स्वदेशमै पुनर्स्थापना गर्ने तथा सीपयुक्त जनशक्ति विकास गर्ने विषयमा दुई देशका अधिकारीबीच छलफल भएको छ ।

१६ देशबाट श्रमिक लैजाँदै आएको कोरियाले नेपाललाई उच्च प्राथमिकतामा राखेको छ । पछिल्लो ६ महिनामा मात्रै ९ हजार श्रमिक कोरिया पुगिसकेका छन् । ईपीएस प्रणालीमार्फत् ४५ हजार नेपाली युवा कोरियामा कार्यरत छन् ।

    सम्बन्धित समाचार...