
मानव तस्करको गिरोहले फिलिपिन्स पुर्याएका ६९ नेपालीलाई त्यहाँको प्रहरीले उद्धार गरेको छ ।
भिजिट भिसामा पुगेका उनीहरुलाई बन्धक बनाई अनलाइन ठगी धन्दामा लगाउने गरेको पनि खुलेको छ ।
फिलिपिन्सको राजधानी मनिलाबाट करिब १०० किलोमिटर दूरीमा रहेको विशेष आर्थिक क्षेत्रमा छापा मारेर ४ महिलासहित ६९ जना नेपालीलाई उद्धार गरिएको हो ।
त्यहाँबाट अन्य विदेशीलाई उद्धार गरिएको हो । अनलाइन ठगी धन्दा गर्न लगाउने १२ जना पनि पक्राउ परेका छन् । बन्धक बनाइएहरुमा नेपालसहित भारत, चीन, भुटान, थाइल्यान्ड, मलेसिया, ताइवान, इन्डोनेसिया र भियतनामका नागरिक रहेको फिलिपिन्स मामिला हेर्ने मलेसियास्थित नेपाली दूतावासले जनाएको छ ।