१८ बैशाख २०८१, मंगलवार

थुनछेक बहसका लागि रायमाझी र खाँण जिल्ला अदालतमा

top bahadur anad balkrishna khad e1684291116349

नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका आरोपीमाथिको थुनछेक बहसका लागि आरोपीहरुलाई काठमाडौं जिल्ला अदालतमा उपस्थित गराइएको छ ।

काठमाडौं जिल्ला अदालतमा आरोपीहरुलाई आइतबार बिहान उपस्थित गराइएको हो । काठमाडौं जिल्ला अदालतमा नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्न रहेको आरोपमा पक्राउ परेका नेकपा एमालेका नेता टोपबहादुर रायमाझी, नेपाली कांग्रेसका नेता बालकृष्ण खाँणसहित १८ जनालाई थुनछेक बहसका लागि जिल्ला अदालतमा उपस्थित गराइएको छ ।

हालसम्म पक्राउ परेका सबै १८ जनाको बयान सम्पन्न भएपछि आज (आइतबार) देखि थुनछेक बहस सुरु हुन लागेको हो । थुनछेक बहसपछि आरोपीहरुलाई पुर्पक्षमा पठाउने/नपठाउने भन्नेबारे क्रमशः निर्णय लिइनेछ ।

नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी, पूर्वगृहमन्त्री बालकृष्ण खाण, निलम्बित सचिव टेकनारायण पाण्डे, तत्कालीन गृहमन्त्री रामबहादुर थापकाका सुरक्षा सल्लाहकार इन्द्रजीत राई, भुटानी शरणार्थी नेता टेकनाथ रिजाल, केशव दुलाल र सानु भण्डारीलगायत १८ जनासँग काठमाडौं जिल्ला अदालतका न्यायाधीश प्रेमप्रसाद न्यौपानेलगायतले बयान लिएका थिए ।

जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंले पक्राउ परेका १८ सहितलाई फरार रहेका ३० जनालाई संगठित अपराध, किर्ते, ठगी तथा राज्यविरुद्धको आरोप गरी चारवटा मुद्दा लगाउँदै २७ करोड ५० लाख बिगो माग दाबीसहित काठमाडौं जिल्ला अदालतमा जेठ १० गते मुद्दा दायर गरेको थियो ।

    सम्बन्धित समाचार...