५ जेष्ठ २०८१, शनिबार

सीमा विवादमा समाधान नखोजे नेपाल–भारतबीचको सम्बन्ध सहज रहँदैन भनेको छुः प्रधानमन्त्री प्रचण्ड

pm1685800519

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सीमा विवादको सन्दर्भमा आफैंले चासो देखाएको बताएका छन् ।

भारत भ्रमणबाट फर्किएपछि त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा आयोजित पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले आफूले सीमा विवादमा पहल नभए नेपाल–भारतबीचको सम्बन्ध सहज नरहने बताएको स्मरण गराए ।

‘सीमा सम्बन्धी कुरा हामी सबैको चासोको विषय हो । मैले यो पटक समाधान खोज्नै पर्छ नत्र नेपाल भारतबीचको सम्बन्ध सहज रहँदैन भनेका छौं । मोदीजीले नेपाल भारतको सम्बन्ध हिमालयको उचाईसम्म पुर्याउन पर्छ भन्ने शब्दको प्रयोग गर्नुभयो,’– उनले भने ।

    सम्बन्धित समाचार...