४ बैशाख २०८१, मंगलवार

नेपालले एक खेलअगावै च्याम्पियन बन्ने अवसर गुमाउँदा सिरिज बराबरी, भोलि निर्णायक खेल

350477441 650770323538844 4804630213018715827 n

नेपाली राष्ट्रिय महिला क्रिकेट टिमले चौथो टी-ट्वान्टी आईमा मलेसियासँग ४ विकेटले पराजित भएको छ । नेपालले एक खेलअगावै च्याम्पियन बन्ने अवसर गुमाउँदा मलेसियाले सिरिज बराबरी गर्‍यो ।

टस जितेर ब्याटिङ गरेको नेपालले २० ओभरमा ७ विकेट गुमाएर ९६ रन बनाएको छ । नेपालको इनिङसलाई इन्दु बर्मा र विन्दु रावलले सम्हाले । खराब सुरुवात गरेको नेपालले टिमको स्कोर १८ रन हुँदा ४ विकेट गुमाएको थियो । काजल श्रेष्ठ ६, ज्योति पाण्डे १, सीता रानामगर ५ रन र रुविना क्षेत्री डकआउट भए ।

सम्झना खड्का ८ रनमा पभेलियन फर्किइन् । तर इन्दु र रावलले सम्हालिएको ब्याटिङ गरेपछि नेपाल झिनो रनमा रोकिनबाट जोगियो । इन्दुले ३१ बलमा ३२ रनको योगदान गरिन् । रावल २६ रनमा २४ रन जोडेर रनआउट भएकी थिइन् ।

कविता कुँवर १२ रनमा अविजित रहिन् । नेपालले सुरुवाती १२ ओभरमा पाँच विकेट गुमाएर मात्र ३८ रन जोडेको थियो । बाँकी ८ ओभरमा ५८ रन बनाएको हो। विनिफ्रेड एन्नीले ३ विकेट हात पारिन् । जवाफमा मलेसियाले अन्तिम बलमा ६ विकेट गुमाएर लक्ष्य पुरा गर्‍यो । पहिलो ओभरमै वान युलिया कविता कुँवरको बलमा शून्यमा आउट भएकी थिइन् ।

तर मास एलिसा १३ र मारिराह इज्जाती १६ रनमा मैदान बाहिरिएका थिए । तर ओपनर विनिफ्रेडले ३८ रन बनाउँदै मलेसियाको जितको आधार तयार गरिन् । मलेसियालाई अन्तिम ओभरमा जितका लागि ४ रन आवश्यक थियो । कविता कुँवरले दुई बल वाइड फालिन् । अन्तिम बलमा एक रन चाहिएको थियो । एरियान्ना नत्यात्साले चौका प्रहार गरेपछि नेपाल स्तब्ध भयो । कविता कुँवर, कविता जोशी, रुविना र सीताले एक-एक विकेट लिए । अब सिरिज जित्ने टिमको टुंगो पाँचौं खेलबाट हुनेछ । निर्णायक खेल भोलि (आइतबार) हुनेछ ।

    सम्बन्धित समाचार...