२० बैशाख २०८१, बिहीबार

सुनकोशी नदीमा गाडी खस्यो सीटीईभीटीको गाडी: निर्देशकसहित ३ जना बेपत्ता, चालक पौडिएर निस्किए

Sunkoshi

मध्यपहाडी लोकमार्गको खुर्कोट-घुर्मी खण्डअन्तर्गत गोलन्जोर गाउँपालिका ७, को लौकुनबाट सुनकोशी नदीमा प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी) का निर्देशकहरु चढेको गाडी खसेको छ ।

सीटीईभीटीको सरकारी गाडी (स्कार्पियो) शुक्रबार खस्दा तीनजना बेपत्ता भएका छन् । चालक भने पौडिएर निस्किएका छन् । भक्तपुरबाट खोटाङतर्फ जाँदै गरेको सीटीईभीटीको बीएबी ७४६७ नम्बरको गाडी सुनकोशी नदीमा खस्दा प्रशासन शाखाका निर्देशक तनहुँ भानु नगरपालिका ९ का ५७ वर्षीय कृष्ण केसी, पूर्वी नवलपरासी प्रगति नगरपालिका ७ घर भएका योजना महाशाखा निर्देशक ५६ वर्षीय यमप्रसाद भुर्तेल र इलामका ३२ वर्षीय विद्युत् प्राविधिक भानु पौडेल बेपत्ता भएको प्रहरीले जनाएको छ ।

चालक कृष्ण चौधरी पौडिएर निस्किएका छन् । उनको खुर्कोटमा रहेको शुभजीवन अस्पतालमा उपचार भइरहेको सिन्धुली प्रहरी प्रमुख एसपी राजकुमार सिलवालले जानकारी दिए ।

    सम्बन्धित समाचार...