१४ बैशाख २०८१, शुक्रबार

दोस्रो विवाह गरेर पनि एकल जीवन बिताइरहेका कमल हसन

kamal haasan

साउथ सुपरस्टार कमल हसनले आफ्नो अभिनयको बलले पहिचान बनाए । साउथ फिल्मदेखि लिएर बलिउडसम्म पहिचान बनाएका उनले जीवनमा सबै कुरा पाए । सम्मान, सम्पत्तिदेखि सबै कुरा पाए । तर उनको निजी जीवन भने उतारचढाव पूर्ण रह्यो ।

हसनले जीवनमा दुईपटक विवाह गरे । तर दुई विवाह गरे पनि अहिले उनी एकल जीवन बिताइरहेका छन् । कमलको जीवनमा यस्ता कैयौं युवतीहरू आए, तर उनको श्रीमती हुने भाग्य केवल दुईजनाले मात्र पाए । उनको पहिलो नाम श्रीविद्यासँग जोडिएको थियो । उनीहरू केही महिनासम्म डेटिङमा रमाए । तर त्यो सम्बन्ध लामो समय टिक्न सकेन ।

यसपछि कमलले सन् १९७८ मा वाणी गणपतिसँग विवाह गरेर सबैलाई चकित पारे । यो सम्बन्ध पनि लामो समय रहन सकेन । १० वर्षपछि उनीहरू अलग्गिए ।

वाणीसँगको सम्बन्धविच्छेदपछि उनी अभिनेत्री सारिकासँग बस्न थाले । विवाहअघि नै सारिका गर्भवती भइन् । उनले अभिनेत्री श्रुति हसनलाई जन्म दिइन् । छोरीको जन्मपछि कमल र सारिकाले विवाह गरे । विवाहपछि अर्की छोरी अक्षरा हसनको पनि जन्म भयो । तर सारिका र कमल सन् २००४ मा अलग्गिए ।

दुवै सम्बन्धविच्छेदपछि कमल एकपटक पुनः करिब २२ वर्ष कम उमेरकी युवतीको प्रेममा परे । उनको नाम छोटी सिमरन बग्गासँग जोडिएको थियो । यद्यपि यसको आधिकारिक पुष्टि हुन सकेको छैन । कमलले अभिनेत्री गौतमीसँग १३ वर्ष लिभ इन रिलेसनमा बिताए । तर अहिले कमल एकल जीवन बिताइरहेका छन् ।

    सम्बन्धित समाचार...