२३ बैशाख २०८१, आईतवार

भ्रष्टाचार मुद्दामा चूडामणि शर्मासहित ३ जना दोषी ठहर

Chudamani Sharma06042017 B9G9854 11072017081340 1000x0 16072017122811 1000x0 1

विशेष अदालतले आन्तरिक राजस्व विभागका पूर्वमहानिर्देशक चूडामणि शर्मासहित ३ जनालाई भ्रष्टाचार मुद्दामा दोषी ठहर गरेको छ।

विशेष अदालतका अध्यक्ष श्रीकान्त पौडेल, यमुना भट्टराई र शालिग्रामप्रसाद कोइरालाको इजलासले शर्मासहितलाई बिहीबार दोषी ठहर गरेको हो । सजाय तोक्न जेठ २५ गते पेसी तोकिएको विशेष अदालतले जनाएको छ । अदालतले शर्मालाई गैरकानुनी सम्पत्ति आर्जन मुद्दामा भने सफाइ दिएको छ।

अख्तियारले शर्मासहित कर फर्स्योट आयोगका तत्कालीन अध्यक्ष लुम्बध्वज महत र सदस्य उमेश ढकालविरुद्ध पनि राजस्व अपचलनको मुद्दा दायर गरेको थियो । उनीहरुले कर फर्स्योट आयोगमार्फत् १० अर्ब २ करोड १७ लाख भ्रष्टाचार गरेको आरोपमा २०७४ साउन १ गते मुद्दा दायर भएको थियो ।

अदालतमा मुद्दा दायर पछि उनीहरु जनही १/१ करोड धरौटीमा रिहा भएका थिए । आयोगले शर्मा, कर फर्स्योट आयोगका अध्यक्ष महत र सदस्य ढकालका कारण गुमेको राजस्व बिगोमार्फत् असुल हुनुपर्ने दाबी गरेको थियो ।

आन्तरिक विभागका तत्कालीन महानिर्देशक शर्मा कर फर्स्योट आयोगमा सदस्य सचिव थिए ।

    सम्बन्धित समाचार...