१६ चैत्र २०८०, शुक्रबार

पीएसजी छोड्दै मेस्सी, शनिबार अन्तिम खेल खेल्ने

messi

र्जेन्टाइन कप्तान तथा स्टार फुटबलर लियोनल मेसीले फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) छोड्ने भएका छन् । टिमका म्यानेजर क्रिस्टोफर गाल्टिरले मेसीले क्लब छोड्ने पुष्टि गरे ।

मेसीले आगामी आइतबार फ्रेन्च लिग वानमा अन्तिम खेल खेल्नेछन् । पीएसजीले लिगको अन्तिम चरणको खेलमा क्लेरमनसँग खेल्ने तालिका छ । गाल्टीरले आइतबार बिहान क्लेरमनविरुद्धको खेलमा मेस्सीले अन्तिम पटक पीएसजीको जर्सी लगाउने बताएका हुन् । उनले मेस्सीको भव्य बिदाइ गर्न समर्थकलाई अग्रह गरे ।

मेसी सन् २०२१ मा फ्रि ट्रान्सफरमा पीएसजी पुगेका थिए । वित्तिय संकटका कारण बार्सिलोनाले मेस्सीसँगको सम्झौता नवीकरण गरेको थिएन । त्यस लगत्तै मेसी र पीएसजीबीच दुई सिजनको सम्झौता भएको हो ।

३५ वर्षीय मेसीको कप्तानीमा अर्जेन्टीनाले कतार विश्वकपको उपाधि जितेको थियो । उनी आवद्ध दुवैै सिजन पीएसजी लिग च्याम्पियन बनेको थियो भने सुपर कपको उपाधिसमेत जितेको थियो ।

गत महिना मात्र फ्रान्सेली मिडियाले मेसी पीएसजी छोडेर साउदीको अल हिलाल क्लबमा आवद्ध हुने उल्लेख गरेका थिए । यद्यपि यो खबर अहिलेसम्म पुष्टि भएको छैन ।

    सम्बन्धित समाचार...