२२ बैशाख २०८१, शनिबार

मध्यरातमा लमजुङ कारागारबाट दुई कैदी फरार

karagar

जिल्ला कारागार लमजुङबाट गएराति दुई कैदी फरार भएका छन् । बेंसीसहर ८, शेरास्थित कारागारको उत्तर-पश्चिमतर्फको कैदी आवासको पर्खाल नाघेर दुई कैदी फरार भएका हुन् ।

भाग्ने कैदीमा गोरखा चुमनुब्री गाउँपालिका ३ का चन्द्रबहादुर गुरुङ र मध्यनेपाल नगरपालिका ४, लमजुङका विनोद विक छन् । फरार कैदीबारे गएराति २ बजे प्रहरीको ड्युटी चेन्ज हुने समयमा थाहा पाएको कारागार प्रमुख जेलर कमलपति अधिकारीले जानकारी दिए ।

उनले भने, ‘राति २ बजे प्रहरीको ड्युटी चेन्ज हुन्छ, सो समयमा थाहा भयो, कैदी कतिबेला भागे र कसरी भागे अनुसन्धान र खोजी हुँदै छ ।’ गुरुङ जबबरस्ती करणी र डाँका चोरी मुद्दामा र विक ठगी मुद्दामा कारागार चलान भएका थिए । कैदी फरार भएलगत्तै प्रहरीले खोजी तीव्र बनाएको जनाएको छ ।

    सम्बन्धित समाचार...