१५ चैत्र २०८०, बिहीबार

राष्ट्रपतिले नागरिकता विधेयक प्रमाणीत गरेपछि राप्रपा अध्यक्ष लिङदेनले भने, ‘छि:छि: गोटीहरू..!’

rajendra lingden
फाइल फोटो

राष्ट्रपति रामचन्द्र पौडेलले बुधबार नागरिकता विधेयक प्रमाणीत गरेपछि विभिन्न टिकाटिप्पणीहरू भइरहेका छन्।

यसैबीच राप्रपा अध्यक्ष राजेन्द्र लिङदेनले पनि टिप्पणी गरेका छन्।

उनले सामाजिक सञ्जालमा राष्ट्रपतिलाई गोटीको संज्ञा दिँदै लेखेका छन्, ‘छि:छि: गोटीहरु……! सत्ता स्वार्थका लागि यो तहको आत्मसमर्पण ? हामीले राष्ट्रपति हैन राजा त्यसै भनेका होईनौं ! अब ढिलो नगरौं !’

    सम्बन्धित समाचार...