१३ बैशाख २०८१, बिहीबार

प्रचण्डले देश हितमा गर्न बाँकी काम अब चुच्चे नक्शा फिर्ता : गोकुल बाँस्कोटा

gokul baskota

नेकपा (एमाले) का प्रभावशाली नेता तथा सांसद गोकुलप्रसाद बाँस्कोटाले प्रधानमन्त्री पुष्पकमल दाहालले भारत भ्रमणको क्रममा अब गर्न बाँकी काम चुच्चे नक्सा फिर्ता, शुपुर्दगी सन्धी र एकपक्षीय उर्जा, नदी दिने कुरा भएको टिप्पणी गरेका छन् ।

प्रधानमन्त्री दाहाल आजमात्रै चार दिने भ्रमणको लागि भारत पुगेका छन् । यही सन्दर्भमा बाँस्कोटाले यस्तो लेखेर व्यंग्य कसेका हुन् ।

उनले भनेका छन्– ‘प्रचण्डले देश हितमा गर्न बांकी काम अब चुच्चे नक्शा फिर्ता,शुपर्दगी सन्धी र एकपक्षीय उर्जा र नदी दिने कुरा हो।जावो कानुन मिचेकोमा मान्छेहरुले श्री छ नभनेकै राम्रो।प्रमाणीकरण नगरेको कुरामा लालमोहर न लगाईदेको हो।

    सम्बन्धित समाचार...