८ बैशाख २०८१, शनिबार

मेस्सीको प्रयास विफल हुँदा बार्सिलोना बराबरीमा रोकियो, फाइदा रियल म्याड्रिडलाई

barcelona vs sevilla 1

बार्सिलोनाले स्पेनिस ला लिगामा दोस्रो स्थानको रियल म्याड्रिडसँग पाँच अंकको अग्रता लिने मौका गुमाएको छ।

स्पेनिस ला लिगा फुटबलमा बार्सिलोना सेभिल्लासँग गोल रहित बराबरीमा रोकिएको छ । लियोनल मेस्सीले खेलको पहिलो हाफमा फ्रि किक मार्फत गोल प्रयास गरेपनि सफल भएन् ।

शुक्रबार राति सेभियासँग गोलरहित बराबरी रोकिएसँगै बार्सिलोनालाई घाटा परेको हो। बार्साको बराबरीसँगै दोस्रो स्थानमा रहेको रियाल मड्रिडलाई बार्सिलोनासँग अंक बराबरी गर्ने मौका छ ।

अब आइतबार रियल म्याड्रिडले रियल सोसिडाडसँग खेल्दैछ। सो खेलमा रियलले जित हात पारे बार्सिलोनासँग अंक बराबरी गर्नेछ। सो अवस्थामा ला लिगाको उपाधि भिडन्त खुला रहनेछ।

शुक्रबार रातिको खेलमा बार्सिलोनाका कप्तान लिओनल मेसीले पहिलो हाफमा हानेको फ्रिकिक बारमा लागेको थियो। यस्तै ब्रेकअघि सेभियाका लुकास ओकाम्पोसको प्रहार पनिन क्रसबारमा लागेको थियो।

अब बार्सिलोनाले मंगलबार एथ्लेटिक बिल्बाओसँग खेल्नेछ। सो खेलमा मेसीले करिअरको ७ सय गोल गर्ने सम्भावना छ।

बराबरीसँगै शीर्षस्थानको बार्सिलोनाले ३० खेलमा ६५ अंक बनाएको छ भने दोस्रो स्थानको रियल मड्रिडको २९ खेलमा ६२ अंक रहेको छ ।

तेस्रो स्थानको सेभिल्लाले ३० खेलबाट ५२ अंक बनाएको छ ।

यस्तै इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत गएराति भएको खेलमा टोटनह्याम र म्यानचेस्टर युनाइटेड बराबरीमा रोकिएको छ ।

लिग अन्तर्गत घरेलु मैदानमा भएको खेलमा सुरुवाति अग्रता लिए पनि जोसे मोरिन्होको टिम टोटनह्यामले जित निकाल्न सकेन । २७ औँ मिनेटमा स्टीभन बर्गविजनले गोल गरेर टोटनह्यामलाई सुरुवाति अग्रता दिलाएका थिए ।

तर ८१ औँ मिनेटमा पाएको पेनाल्टीमा फर्नान्डेसले म्यानचेस्टर युनाइटेडका लागि बराबरी गोल गरे । बराबरीपछि पाँचौँ स्थानको म्यानचेस्टर युनाइटेडको ३० खेलबाट ४६ तथा आठौँ स्थानको टोटनह्यामको ४२ अंक भएको छ ।