४ जेष्ठ २०८१, शुक्रबार

आजको मौसमः यी प्रदेशमा हुनेछ मेघ गर्जनसहितकाे बर्षा

weather aajko mausam

आंशिकदेखि सामान्य बदली भइ आगामी तीन दिन कोशीदेखि सुदूरपश्चिम प्रदेशसम्मका पहाडी भूभागका केही स्थानमा वर्षा हुने भएको छ ।

मौसम पूर्वानुमान महाशाखाकाअनुसार सुदूरपश्चिम र कर्णाली प्रदेशका पहाडी भू-भागका थोरै स्थान तथा गण्डकी, बागमती र कोशी प्रदेशका पहाडी भू-भागका ‍एक-दुई स्थानमा मेघगर्जन/चट्याङ्सहित हल्का वर्षाको सम्भावना रहेको हो ।

राति कोशी, गण्डकी र कर्णाली प्रदेशहरुका एक वा दुई स्थानमा मेघगर्जन चटयाङसहित हल्का वर्षा हुने छ । हाल देशमा पश्चिमी वायूका साथै स्थानीय वायुको सामान्य प्रभाव रहेको महाशाखाले जनाएको छ ।

भोलि (बिहीबार) सुदूरपश्चिम र कर्णाली प्रदेशका पहाडी भू-भागका थोरै स्थान तथा गण्डकी, बागमती र कोशी प्रदेशका पहाडी भू-भागका ‍एक-दुई स्थानमा मेघगर्जन/चट्याङ्सहित हल्का वर्षा हुने महाशाखाको पूर्वानुमान छ । राति गण्डकी र कर्णाली प्रदेशहरुका एक वा दुई स्थानमा मेघगर्जन चटयाङसहित हल्का वर्षाको सम्भावना छ ।

शुक्रबार पनि सुदूरपश्चिम र कर्णाली प्रदेशका पहाडी भू-भागका थोरै स्थानमा तथा गण्डकी, बागमती र कोशी प्रदेशका पहाडी भू-भागका ‍एक-दुई स्थानमा मेघगर्जन/चट्याङ्सहित हल्का वर्षाको सम्भावना छ । राति देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यत: सफा रहनेछ।

    सम्बन्धित समाचार...