१५ चैत्र २०८०, बिहीबार

गण्डकी प्रदेशमा थप ५८ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ४३८

Gandaki Pradesh

गण्डकी प्रदेशका ७ जिल्लामा थप ५८ जना कोरोना संक्रमित फेला परेका छन् ।

तनहुँमा २५, नवलपुरमा १६, बाग्लुङमा ८, गोरखामा ५, कास्कीमा २ तथा म्याग्दी र स्याङ्जामा १–१ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

यससँगै गण्डकी प्रदेशमा कोरोना संक्रमण पुष्टि भएकाहरुको संख्या ४३८ पुगेको गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका निर्देशक डा. विनोद विन्दु शर्माले जानकारी दिए ।