२० बैशाख २०८१, बिहीबार

प्रधानमन्त्री मोदीले नयाँ संसद भवन उद्घाटन गर्दै, विपक्षी १९ दलको बहिष्कार

modi india new parliament building

विपक्षी दलहरुको चर्को विरोधका बीच भारतीय प्रधानमन्त्री नरेद्र मोदीले आज भारतको नयाँ संसद भवन उद्घाटन गर्दैछन्।

नयाँ दिल्लीमा पुरानो संसद भवनकै छेउमा बनेको अत्याधुनिक भवन आज प्रधानमन्त्री मोदीले उद्घाटन गर्न लागेका हुन्। नयाँ संसद भवनको उद्घाटन समारोह स्थानीय समयअनुसार बिहान साढे ७ बजे सुरु भइसकेको छ।

यो समारोह दिउँसो साढे १ बजे सम्पन्न गर्न समय तालिका छ। उद्घाटन समारोहमा प्रधानमन्त्रीले हवन–पूजन गर्ने, प्राथना सभा गर्ने, राष्ट्रपति र उपराष्ट्रपतिको लिखित सन्देश सुनाउने, प्रधानमन्त्री मोदीले भारु ७५ को सिक्का जारी गर्ने लगायतका कार्यक्रम तय गरिएको छ।

राष्ट्रपतिले उद्घाटन गर्नुपर्ने नयाँ संसद भवन प्रधानमन्त्री आफैले उद्घाटन गर्न लागेको भन्दै विपक्षी दलहरुले चर्को विरोध गरेका छन्।

भारतीय राष्ट्रिय कांग्रेस, आम आदमी पार्टी, तृणमूल कांग्रेस, समाजवादी पार्टीलगायत १९ दलले उद्घाटन समारोह बहिस्कारको घोषणा गरेका छन्। सत्तारुढ भाजपालाई बीजू जनता दल, तेलेगु देशमलगायतका पार्टीले भने साथ दिएका छन्।

    सम्बन्धित समाचार...