४ जेष्ठ २०८१, शुक्रबार

तीन प्रदेशको पहाडी भूभागमा वर्षा

WEATHER rain

मौसम पूर्वानुमान महाशाखाकाअनुसार अहिले बिहान कोशी र बागमती प्रदेशका केही भूभागमा हल्का वर्षा भइरहेको छ। काठमाडौं उपत्यकामा बिहानैदेखि मौसम धुम्मिएको छ ।

हाल कोशी र मधेश प्रदेशमा सामान्यदेखि पूर्ण बदली रहेको र बाँकी भूभागमा आंशिकदेखि सामान्य बदली रहेको महाशाखाले जनाएको छ ।

नेपालमा हाल पश्चिमी निम्न चापीय प्रणालीको साथै स्थानीय वायुको प्रभाव रहेको छ ।

आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका केही स्थानमा मेघगर्जन/चट्टयाङ्सहित हल्का वर्षाको सम्भावना छ। राति कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही देशका अन्य भूभागमा आंशिक बदली रहनेछ।

भोलि (सोमबार) सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशका पहाडी भूभागका केही स्थानमा मेघगर्जन/चट्याङ्सहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जारी गरेको मौसमसम्बन्धी बुलेटिनमा उल्लेख छ।

मंगलबार सुदूरपश्चिम र कर्णाली प्रदेशलगायत लुम्बिनी, गण्डकी र कोशी प्रदेशका पहाडी भूभागका केही स्थानमा मेघगर्जन/चट्याङ्सहित हल्का वर्षा हुने महाशाखाको पूर्वानुमान छ ।

    सम्बन्धित समाचार...