१६ बैशाख २०८१, आईतवार

मेस्सीले तोडे रोनाल्डोको कीर्तिमान

psg

पेरिस सेन्ट जर्मेन लगातार ११ औँ पटक फ्रेन्च लिग वानको च्याम्पियन बनेको छ । गएराति पीएसजी र स्ट्रासबर्ग १ – १ गोलको बराबरीमा रोकिँदा लियोनल मेस्सीले रोनाल्डोको कीर्तिमान भंग गरे ।

स्ट्रासबर्गको घरेलु मैदानमा भएको खेलेको पहिलो हाफमा कुनै गोल भएन । ५९ औँ मिनेटमा केलियन एम्बाप्पेले दिएको पासमा मेस्सीले गोल गरेर पीएसजीलाई अग्रता दिलाए । यो गोलसँगै उनी युरोपेली पाँच ठूला लिगमा सबैभन्दा धेरै गोल गर्ने खेलाडी बनेका छन् । उनको यो चार सय ९६ औँ गोल हो । मेस्सीले आधुनिक फुटबलका प्रतिद्वन्द्वी मानिने क्रिस्टियानो रोनाल्डोलाई एक गोलले पछि पारेका छन् ।

केभिन गामीरोले १ गोल फर्काएका थिए । तर पीएसजीलाई उपाधि उचाल्न मात्रै एक अंक पर्याप्त थियो । यो जितपछि पीएसजीले सेन्ट इटेन र मार्सेको सबैभन्दा धेरै लिग जित्ने कीर्तिमान तोडेको छ । यी दुवै क्लबले १० पटक लिग जितेका छन् ।

स्ट्रासबर्ग यो बराबरी पछि रेलिगेसन जोनभन्दा माथि उक्लिएको छ । पछिल्लो ११ वर्षमा ९ औँ उपाधि दिलाए पनि प्रशिक्षक क्रिस्टोप गालाटियाको भविष्य भने अन्योलमा परेको छ । जर्मन क्लब बायर्न म्युनिखसँग हारेपछि अन्तिम १६ बाट पीएसजी बाहिरिएको थियो । त्यसपछि उनको आलोचना हुन थालेको थियो । यता मेस्सीले पनि यो सिजनको अन्त्यमा फ्रान्स छोड्ने पक्का भइसकेको छ । उनले फ्रेन्च क्लबबाट ३२ गोल गरेका छन् ।

    सम्बन्धित समाचार...