२१ बैशाख २०८१, शुक्रबार

बहुमतले पारित सरकारको नीति तथा कार्यक्रम

house

सरकारको नीति तथा कार्यक्रम प्रतिनिधिसभाबाट बहुमतले पारित भएको छ । शनिबार राति साढे ९ बजेसम्म चलेको बैठकले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम ध्वनि मतका आधारमा बहुमतले पारित गरेको हो ।

राष्टपतिले रामचन्द्र पौडेलले जेठ ५ मा सो नीति तथा कार्यक्रम संसदमा प्रस्तुत गरेका थिए । सरकारको नीति तथा कार्यक्रममाथि सत्ता पक्ष र प्रतिपक्षका गरी २० सांसदले संशोधन प्रस्ताव पेश गरेका थिए ।

आजको बैठकमा ति संसोधन प्रस्तावहरुलाई फिर्ता लिन समय दिइएको थियो भने फिर्ता नलिइएका प्रस्तावहरुलाई निर्णयार्थ प्रस्तुत गरिएको थियो । कांग्रेसका सांसदहरु श्यामकुमार घिमिरे र दिलेन्द्रप्रसाद बडुले संशोधन प्रस्ताव फिर्ता लिएका थिए । यस्तै सांसद गंगाराम चौधरीले पनि संसोधन प्रस्ताव फिर्ता लिएका थिए ।

राष्ट्रिय जनमोर्चाका सांसद चित्रबहादुर केसी, रास्वपा सांसद डा.चन्दा कार्कीको संशोधन प्रस्ताव पनि बहुमतले अस्वीकृत भयो । प्रतिपक्षी दलका सांसदहरुले राखेको संशोधन प्रस्ताव फिर्ता लिएनन् । उनीहरुको संशोधन प्रस्तावलाई निर्णयार्थ प्रस्तुत गर्दा बहुमतले अस्वीकृत भएको थियो ।

राष्ट्रियसभाबाट यसअघि नै वार्षिक नीति तथा कार्यक्रम पारित भइसकेको छ । सरकारले यही जेठ १५ गते आर्थिक वर्ष २०८०÷०८१ का लागि बजेट प्रस्तुत गर्दैछ ।

साथै जेठ १५ संसदमा नयाँ आर्थिक वर्षको बजेट पेस संवैधानिक व्यवस्था छ । नीति तथा कार्यक्रम पारित भएसँगै बजेट पेसका लागि बाटो खुलेको छ ।

आगामी बैठक सभामुख देवराज घिमिरेले आइतबार दिउँसो १ बजे बोलाएका छन् ।

    सम्बन्धित समाचार...