४ जेष्ठ २०८१, शुक्रबार

श्रीच्छा प्रधानलाई मिस नेपालको ताज

missnepal2023 e1685195761633

श्रीच्छा प्रधान मिस नेपाल २०२३ को ताज पहिरिन सफल भएकी छन् ।

ललितपुरको गोदावरीमा शनिबार सम्पन्न ग्रान्ड फिनालेमा २३ प्रतिस्पर्धीलाई पछि पार्दै प्रधानले मिस नेपालको उपाधि जितेकी हुन् ।

त्यस्तै, प्रसिद्धी शाहले मिस नेपाल इन्टरनेसनल र रैना मजगैयाँले मिस नेपाल अर्थको उपाधि जिते ।

उनलाई मिस नेपाल प्रियंका जोशी रानाले रानाले ताज पहिर्‍याइ दिएकी छन् ।

मिस नेपाल वर्ल्ड रैना मजगैया कमर्सियल पाइलट हुन । समारोहमा १२ सहविधाका विजेता समेत घोषणा गरिएको थियो ।

मिस पपुलर च्वाइस प्रसिद्धी शाह, ऐश्वर्या श्रेष्ठ मिस फिटनेस क्वीन र मिस इन्टलेक्चुअल, ग्रिष्मा अधिकारी मिस ग्ल्यामर, मिस कन्फिडेन्ट प्रज्ञा बज्राचार्य, मिस हेल्दी स्किन रायना मजगैयाँ, मिस मल्टिमिडिया सुहानी खड्का क्षेत्री, फेस अफ द इयर र मिस डीएचआई श्रीइच्छा प्रधान, वुमन थि द विंग्स उन्नती गुरुङ, मिस फोटोजेनिक कीर्तिक खड्का, मिस ब्यूटी विथ द पर्पस आयुष्मा बराल घोषित भए ।

missnepal 2023
winner
4 13 1536x1025 1

    सम्बन्धित समाचार...