२० बैशाख २०८१, बिहीबार

‘शरणर्थी प्रकरणमा एमालेलाई बदनाम गर्न खोजीयो’

kp oli
फाइल फोटो

नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले नक्कली भुटानी शरणार्थी प्रकरणमा एमालेलाई बदनाम गर्न खोजिएको टिप्पणी गरेका छन् ।

एकाले पार्टीका स्थानीय तहका जनप्रतिनिधिको अनुशिक्षण कार्यक्रममा उनले भने । ‘एमाले सधै भ्रष्टाचारको विरोध गर्छ तर एमालेलाई बदनाम गर्न खोजियो ।’

उनले एमालेविरुद्ध संसदमा आधारहिन, असत्य र जनतालाई भ्रम पार्ने खालका कुरा सत्ता पक्षका सांसदले बोलेकाले संसद् अवरुद्ध गरेको बताए ।

‘नेपालीलाई भुटानी बनाएर विदेश पठाउने धन्दामा कोही व्यक्ति सामेल भएका छन् । अहिले यसमा को संलग्न छ रु अदालतमा मुद्दा परेको छ म भन्न चाहान्नँ,’ उनले भने, ‘तर भुटानी शरणार्थीप्रकरणको सबै दोष एमाले तर्फ खनयाउन खोजियो ।’ उनले थपे ‘मेरा नजिकका मानिसलाई पोल्न, लेख्न र मुछ्न लयाउने काम भइरहेको छ ।’आजको राजधानी दैनिकबाट

    सम्बन्धित समाचार...