Close Me
१३ चैत्र २०८१, बिहीबार

प्रधानमन्त्री दाहाल जेठ १७ देखि भारत भ्रमणमा जाने

prachanda pm
फाइल फोटो

प्रधानमन्त्री पुष्पकमल दाहाल यही जेठ १७ देखि २० सम्म भारत भ्रमणमा जाने भएका छन् । प्रधानमन्त्री बनेको पाँच महिना पछि उनी दक्षिणी छिमेक भारत भ्रमणमा जान लागेका हुन् ।

प्रधानमन्त्री दाहाल संघीय संसद्मा बजेट वक्तव्य पेस गरेलगत्तै भारत जाने तयारीमा जुटेका हुन् । परराष्ट्र मन्त्रालयले भारतको विदेश मन्त्रालयसँग सहकार्य गरेर प्रधानमन्त्री दाहालको भ्रमण जेठ १७ देखि २० सम्म गर्न गृहकार्य गरेको थियो । यसमा दुवै मुलुकले सहमति जनाएका हुन् ।

प्रधानमन्त्री दाहालको चार दिने भारत भ्रमणका लागि नेपाली पक्षले गृहकार्यलाई तीव्रता दिएको छ । परराष्ट्रमन्त्री एनपी साउदले भ्रमणको गृहकार्य भइरहेको जानकारी दिएको आजको कान्तिपुर दैनिकमा प्रकाशित समाचारमा उल्लेख छ ।

प्रधानमन्त्री दाहाल जेठ १७ गते नयाँदिल्ली प्रस्थान गर्ने कार्यक्रम रहेको परराष्ट्रका अधिकारीहरुले जानकारी दिएका छन् । सोही दिन दाहाललाई भारतका विदेशमन्त्री एस. जयशंकर र प्रधानमन्त्री नरेन्द्र मोदीका सुरक्षा सल्लाहकार अजित डोबलले स्वागत गर्ने कार्यक्रम छ । जेठ १८ गते मोदी र दाहालबीच हैदराबाद हाउसमा भेटवार्ता हुनेछ । उक्त द्विपक्षीय भेटवार्तापछि दुई मुलुकबीच सहकार्य, सहमति र सम्झौता हुने जानकारी दिइएको छ ।

गत वैशाखमै भारत भ्रमणको तयारी गरिए पनि अन्तिम समयमा प्रधानमन्त्री दाहालको भ्रमण रोकिएको थियो ।

प्रधानमन्त्रीका रुपमा दाहालको यो तेस्रो भारत भ्रमण हुनेछ । यसअघि दुई पटक उनले भारत भ्रमण गरिसकेका छन् । पहिलो पटक प्रधानमन्त्री हुँदा सन् २००८ मा उनले उत्तरी छिमेक चीनबाट पहिलो विदेश भ्रमण गरेका थिए । चीनबाट फर्केपछि उनी भारत भ्रमणमा गएका थिए । सन् २०१६ मा दोस्रो पटक प्रधानमन्त्री बन्दा भने उनले पहिलो पटक भारतको भ्रमण गरेका थिए ।

    सम्बन्धित समाचार...