१४ बैशाख २०८१, शुक्रबार

भोलि उपत्यकामा बिदा

Bida

गृह मन्त्रालयले भोलि (बिहीबार) राजधानी उपत्यका (काठमाडौं, भक्तपुर र ललितपुर) मा सार्वजनिक बिदा दिएको छ ।

मन्त्रालयले आज (बुधबार) एक सूचना जारी गर्दै रातो मत्स्येन्द्रनाथको भोटो देखाउने जात्राको अवसरमा उपत्यकाका तीन जिल्लामा सार्वजनिक बिदा दिएको हो ।

‘२०८० जेठ ११ गते बिहीबारका दिन रातो मत्स्येन्द्रनाथको भोटो देखाउने जात्राको अवसरमा काठमाडौं उपत्यकाका ३ (तीन) जिल्लाहरुमा सार्वजनिक बिदा दिने निर्णय भएको हुँदा सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ,’ गृह मन्त्रालयद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।Moha 1684939051

    सम्बन्धित समाचार...