१५ चैत्र २०८०, बिहीबार

उपाधि जितेपछि बार्सिलोना लगातार पराजित

barcelona 1

बार्सिलोना लालिगामा उपाधि जितेपछि लगातार दोस्रो खेलमा पराजित भएको छ।

रियाल भालाडोलिडसँग बार्सा ३ – १ गोलले हारेको हो । भलाडोलिडको घरेलु मैदानमा खेल सुरु हुनु अघि रंगभेदी टिप्पणीविरुद्ध दुवै टिमले एकै ठाउँमा बसेर ब्यानर प्रस्तुत गरेका थिए ।

रियाल मड्रिडका भिनिसियस जुनियरलाई भ्यालेन्सीका समर्थकले रंगभेदी टिप्पणी गरेपछि विभिन्न लिगमा त्यसको विरुद्ध खेलाडी, अफिसियलले ऐकबद्धता जनाइरहेका छन् ।

त्यसपछि सुरु भएको खेलमा घरेलु टोली भालाडोलिडले दोस्रो मिनेटमै उपहार गोल पाएको थियो । क्रसमा आएको बललाई एन्द्रियस क्रिस्टेनशेनले क्लियर गर्न खोज्दा आफ्नै पोष्टमा गोल गर्न पुगे ।

सिली लरिनले २२ औँ मिनेटमा पेनाल्टीमा गोल गरे । ७३ औँ मिनेटमा गोन्जालो प्लाटाले गोल गरेपछि भालाडोलिड ३ – ० शून्य गोलले अघि बढ्यो । खेल सकिन मात्रै ६ मिनेट बाँकी रहँदा बार्साका लागि रोबर्ट लेवान्डोस्कीले सान्त्वना गोल गरे । यो जितपछि भालाडोलिडले रेलिगेसनभन्दा तीन अंकको दूरी बनाएको छ। भलाडोलिडको ३८ अंक छ । जाभी हर्नान्डेजको बार्सा ८५ अंक सहित शीर्ष स्थानमा छ ।

    सम्बन्धित समाचार...