२१ बैशाख २०८१, शुक्रबार

यी तीन प्रदेशमा आज हल्कादेखि मध्यम वर्षाको सम्भावना

weather aajko mausam

कोशी र मधेस प्रदेश बाहेक बाँकी भूभागमा हाल मौसम सामान्यदेखि पूर्ण बदली रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

केही स्थानमा मेघगर्जन/चट्याङ तथा हावाहुरीसहित वर्षा भइरहेको छ ।

पश्चिमी निम्न चापीय प्रणालीको साथै स्थानीय वायुको प्रभावले आज देशभर सामान्यदेखि पूर्णतया बदली रहने छ ।

दिउँसो देशको पहाडी भू-भागका केही स्थानमा र बाँकी भू-भागका थोरै स्थानमा मेघगर्जन/चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। साथै कोशी, बागमती र गण्डकी प्रदेशको एक-दुई स्थानमा भारी वर्षाकोसमेत सम्भावना रहेको महाशाखाले जनाएको छ । कोशी, मधेस र बागमती प्रदेशका तराईका केही स्थानमा हावाहुरीसमेत चल्नेछ ।

राति कोशी प्रदेशको केही स्थान र बाँकी प्रदेशको थोरै स्थानमा मेघगर्जन/चट्याङ्सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।

भोलि (बिहीबार) आंशिक बदली भइ कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको केही स्थान तथा बाँकी प्रदेशको थोरै स्थानमा मेघगर्जन/चट्याङ्सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। तराईका केही स्थानहरुमा हावाहुरीको समेत सम्भावना छ ।

शुक्रबार मधेस, गण्डकी र लुम्बिनी प्रदेशको केही स्थान र बाँकी प्रदेशको थोरै स्थानमा मेघगर्जन/चट्याङ्सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। तराईका केही स्थानमा हावाहुरी चल्ने महाशाखाको पूर्वानुमान छ ।

    सम्बन्धित समाचार...