५ जेष्ठ २०८१, शनिबार

पराजुलीको इजलासमा सन्दीपको मुद्दा

Sandeep Lamichhane

सन्दीप लामिछानेविरुद्धको मुद्दामा आज अन्तिम बहस हुँदैछ । उक्त मुद्धाको आज फणिन्द्रप्रसाद पराजुलीको इजलासमा सुनुवाई हुने भएको हो ।

जाहेरीकर्ता गौशाला २६ ले अन्तरिम क्षतिपूर्तिका लागि दिएको निवेदनका कारण अघिल्लो पटकको पेशी बिना सुनवाइ स्थगित भएको थियो । सन्दीपको मुद्दा आज न्यायाधीश पराजुलीको सुनवाइ सूचीको चौथो नम्बरमा परेको छ ।

सन्दीप चाँडै नेपालको तर्फबाट विश्वकप ग्लोबल क्वालिफायरका लागि दक्षिण अफ्रिका जानुपर्ने भएकाले चाँडो मुद्दा किनारा लागोस् भन्ने चाहन्छन् ।

    सम्बन्धित समाचार...