३ जेष्ठ २०८१, बिहीबार

गोरखाको बुंकोट स्वास्थ्य चौकीमा आगलागी

fire1684638359

गोरखाको शहीद लखन गाउँपालिका–७ को बुंकोट स्वास्थ्य चौकीमा आगलागी भएको छ । आज (आइतबार) बिहान भएको आगलागीबाट प्रशासन, स्टोर र आवास कोठा जलेर पूर्णरुपमा क्षति भएको छ ।

स्टोरको औषधि, अक्सिजन कन्सलटेटरलगायतका सामाग्री पनि आगलागीले क्षति पुर्‍याएको शहीद लखन गाउँपालिका–७ का वडाअध्यक्ष शरण श्रेष्ठले जानकारी दिएका छन् । आगलागीले ५० लाखभन्दा बढी भएको क्षति भएको छ र के के सामाग्रीमा क्षति पुग्यो भन्ने विवरण संकलन भइरहेको बताउँदै उनले भने, ‘आइतबार बिहान करिब साढे ४ बजे विद्युत् सर्ट भएर आगलागी भएको अनुमान गरिएको छ ।’

आगलागी नियन्त्रणका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना बुंकोट पुगेका छन् । झण्डै दुई घण्टापछि अहिले आगो नियन्त्रणमा आएको जिल्ला प्रहरी कार्यलय गोरखाका डिएसपी लिलाराज लामिछानेले जानकारी दिएका छन् ।GorkhaHealthPost23 1684639524

    सम्बन्धित समाचार...