१५ बैशाख २०८१, शनिबार

आर्सनल हारेपछि तीन खेल अघि नै म्यानचेस्टर सिटी प्रिमियर लिग च्याम्पियन

city

इंग्लिस प्रिमियर लिगमा नटिङघम फरेस्टसँग आर्सनल १ – ० गोलले पराजित भएपछि शीर्ष स्थानको म्यानचेस्टर सिटीले तीन खेल अघि नै उपाधि उचालेको छ।

सिटी ग्राउन्डमा भएको खेलको १९ औँ मिनेटमा टाइयो अवानीले गोल गर्दै घरेलु टोलीको खाता खोले । त्यसको जवाफ मिकेल आर्टेटाको टोली आर्सनलले दिन सकेन ।

आर्सनलले खेलमा राम्रो पकड बनाए पनि आर्सनलको अनुशासित डिफेन्स भने तोडिएन । गाब्रियल जेसुसले खेलको सुरुवातमा केही राम्रो अवसर पाएका थिए । तर त्यसलाई सदुपयोग गर्न सकेनन् । यस्तै बुकायो साकाको प्रहार केलर नाभासले रोक्दा जोर्गिन्होको सट डिफ्लेक्ट हुँदै बिफल भयो ।

खेलको अन्त्यतिर फरेस्टले अग्रता दोब्बर बनाउने मौका गुमायो । उसका लागि गिब्स वाइटले गरेको प्रहार आरोन राम्सडेलले बचाए । यद्यपि फरेस्ट महत्वपूर्ण जित निकाल्न भने सफल भयो ।

यो जितपछि स्टिभ कुपरले समर्थकसँगै मिलेर खुशीयाली मनाएका थिए । खुशीको कारण सिटीले उपाधि जितेको भन्ने थिएन । १६ औँ स्थानको फरेस्टले रेलिगेसनबाट बचेको खुशीयाली मनाएको थियो ।

प्रिमियर लिगमा एक खेल बाँकी रहँदा फरेस्ट रेलिगेसन जोनभन्दा ६ अंकले अघि छ । सिजनमा पहिलो पटक लगातार दोस्रो पराजय व्यहोरेको आर्सनल ८१ अंकसहित दोस्रो स्थानमा छ । आर्सनलको यो पराजयपछि पेप ग्वार्डिवालाको सिटीले ६ सिजनमा पाचौँ उपाधि उचालेको छ ।

    सम्बन्धित समाचार...