१४ बैशाख २०८१, शुक्रबार

राष्ट्रपतिद्धारा संविधान संशोधन विधेयक प्रमाणीकरण, लिम्पियाधुरासहितको भूभाग अब कानुनी रुपमै नेपालको नक्सामा

nepal map new

भारतले अतिक्रमण गरेको लिम्पियाधुरासहितको नेपाली भूभाग अब कानुनी रुपमा नै नेपाली भूमि कायम भएको छ।

राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसद्‍का दुवै सदनबाट बहुमतले पारित गरेको नेपालको संविधान (दोस्रो संशोधन) विधेयक, २०७७ प्रमाणीकरण गरेकी छन्।

संविधान संशोधन विधेयक प्रमाणीकरण भएसँगै नेपाली भूभाग अब कानुनी रुपमा नै नेपाली भूभाग कायम भएको हो। 

बिहीबार राष्ट्रपतियो यो विधेयक प्रमाणीकरण गरेकी हुन्। अब राजपत्रमा प्रकाशित भएपछि यो विधेयकले पूर्णता पाउने छ भने नेपालको नक्सामा लिम्पयाधुरासहितको भूभाग समेत समावेश भएको निशान छापले ‍संवैधानिक वैधता प्राप्त गर्नेछ।

संशोधन अनुसार नेपालको नक्सासहितको निशान छाप परिमार्जनको प्रक्रिया पूरा भएको छ। संविधानको अनुसूचीमा पनि अब उक्त नक्सा नै प्रयोग हुनेछ।  

verifin