२१ बैशाख २०८१, शुक्रबार

नवौं पटक युक्रेनको राजधानी सहर किएभमा रुसको हवाई आक्रमण

Russia Attacks

रुसले यो महिना नवौं पटक युक्रेनको राजधानी सहर किएभमा हवाई आक्रमण गरेको छ । घटनामा एक जना मारिएका छन् भने दुई गम्भीर घाइते भएका छन् ।

किएभका सरकारी अधिकारीका अनुसार विभिन्न देशबाट सहयोग स्वरुप आएका हतियार पनि सो आक्रमणका कारण ध्वस्त भएका छन् । मिसाइलका कारण किएभसँगै जोडिएका दुई जिल्लामा पनि क्षति पुगेको छ । बिस्फोटको आवाज मध्य पश्चिमी क्षेत्रमा रहेका भिन्नित-सिया, खुमेल-नीट्स्की र जितो-मिरमा समेत सुनिएको थियो ।

समग्रमा, रुसले रातारात प्रक्षेपण गरेका ३० मध्ये २९ वटा क्षेप्यास्त्र खसालिएको युक्रेनको वायुसेनाले एक विज्ञप्तिमार्फत जनाएको छ ।

यस्तै अर्को घटनामा खाद्यान्न बोक्ने रेल, रेलमार्गभन्दा बाहिर गएपछि सम्फर-पोल र सोभास्टपोलबीचको रेल सम्पर्क टुटेको छ । सम्फर-पोल क्राइमियाको क्षेत्रीय राजधानी हो, जुन सन् २०१४ मा रुसले कब्जा गरेको थियो । किएभको सैन्य प्रशासनले एक विज्ञप्तिमार्फत गएराति आक्रमणमा रुसले मिसाइल र ड्रोन प्रयोग गरी आक्रमण गरेको बताएको छ । हिजो मात्रै रुसले प्रहार गरेको ६ हाइपरसनिक मिसाइल युक्रेनले निस्तेज पारेको थियो ।

    सम्बन्धित समाचार...