४ जेष्ठ २०८१, शुक्रबार

‘जोसका साथ आउँदै थिएँ, बैठक ढिला हुँदा नमिठो लाग्यो’: प्रधानमन्त्री ‘प्रचण्ड’

prac 1

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संसद्मा प्रश्नोत्तर कार्यक्रम दुई घण्टा ढिलो सुरु हुँदा नमज्जा लागेको बताएका छन् ।

सांसदहरूले सोधेका प्रश्नको उत्तर दिन बिहीबार संसदको रोस्ट्रममा उभिएका प्रचण्डले साना दलहरुसँग कुरा मिल्न नसक्दा बैठक ढिलो भएकोमा उक्त कुरा बताएका हुन् ।

“बिहान प्रश्नोत्तरका लागि बढो जोसका साथ आउँदै थिए, तर दुई घण्टा ढिला भयो, नमिठो त अलिकति लागेको छ,” उनले भने, “प्रश्नोत्तरको सुरुकै दिन नियमावाली निलम्बन गर्नुपर्ने अवस्था आयो, नमिठो अनुभूति भयो । सर्वसम्मत भयौँ, यो खुसीको कुरा हो ।”

प्रतिनिधिसभाको आजको बैठकमा प्रधानमन्त्री प्रश्नोत्तर गरिँदै छ । बिहान ११ बजेका लागि बोलाइएको बैठक दिउँसो १ बजे मात्र सुरु भएको हो।

    सम्बन्धित समाचार...