१५ बैशाख २०८१, शनिबार

सन्दीपको वरीयता यथावत

Sandeep Lamichane

नेपाली राष्ट्रिय क्रिकेट टोलीका बलर सन्दीप लामिछानेको एकदिवसीय अन्तराष्ट्रिय (ओडिआई) तर्फको बलिङ वरीयता यथावत रहेको छ ।

अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले सार्वजनिक गरेको नयाँ वरीयतामा सन्दीप १९औं स्थानमा कायम रहेका छन् । भने सोमपाल कामी ६७औं स्थानमा यथावत रहँदा दीपेन्द्र सिंह ऐरी ५५औं स्थानमा कायमै रहेका छन् ।

त्यस्तै करण केसी ९०औं स्थानमा यथावत रहेका छन् । ब्याटिङ तर्फ भने नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान रोहितकुमार पौडेल ६७औं स्थानमा यथावत रहेका छन् ।

    सम्बन्धित समाचार...