५ जेष्ठ २०८१, शनिबार

मौसम: काेशी र लुम्बिनी प्रदेशका पहाडी भु-भागमा बर्षा हुने

weather aajko mausam

देशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदलीदेखि मौसम सामान्यत: सफा रहनेछ । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार आज (बुधबार) दिउँसो देशका पहाडी भू-भागका केही स्थानका साथै लुम्बिनी प्रदेशका एक/दुई स्थानमा मेघगर्जन/चट्याङसहित क्षणिक वा हल्का वर्षाको सम्भावना छ ।

अहिले देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सफा रहेको महाशाखाको नियमित बुलेटिनमार्फत जनाइएको छ । महाशाखाका अनुसार मुलुकमा अहिले पश्चिमी वायुका साथै स्थानीय वायुको सामान्य प्रभाव रहेको छ ।

बुधबार राति कोशी प्रदेशका साथै देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागको मौसम सफा रहनेछ । कोशीका थोरै स्थानमा हल्का वर्षाको सम्भावना रहेको पनि महाशाखाले जनाएको छ ।

कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका थोरै स्थान तथा बाँकी प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङसहित क्षणिक वा हल्का वर्षा/हावा-हुरीको सम्भावना रहेकाले त्यसबाट हुन सक्ने क्षति/जोखिमबाट बच्न आवश्यक सतर्कता अपनाउन पनि महाशाखाले सर्वसाधारणमा अनुरोध छ ।

    सम्बन्धित समाचार...