१४ बैशाख २०८१, शुक्रबार

डिजेल र मट्टितेलको मूल्य १० रुपैयाँ घट्यो

Nepal Oil Corporation

नेपाल आयल निगमले डिजेल र मट्टीतेलको मूल्य प्रतिलिटर १०र१० रुपैयाँ घटाएको छ । पेट्रोलको मूल्य भने यथावत राखेको छ । भारतीय आयल कर्पोरेसन (आईओसी)ले अघिल्लो पटकको मूल्यभन्दा डिजेलमा प्रतिलिटर ८ रुपैयाँ १३ पैसाका दरले घटाएर पठाएपछि निगमले प्रतिलिटर १० रुपैयाँ घटाएको हो ।

आईओसीले पेट्रोलमा प्रतिलिटर ९ रुपैयाँ ५२ पैसा घटाएर पठाएको थियो । तर, भारत र नेपालबीचको मूल्यान्तरलाई कारण देखाउँदै निगम सञ्चालक समितिले पेट्रोलको मूल्य यथावत राख्ने निर्णय गरेको छ । ‘पेट्रोलको मूल्य समायोजन नगर्दा भारतमा भन्दा नेपालमा प्रतिलिटर २३ पैसा बढी छ ।

मूल्य घटाउँदा फेरि तस्करी हुने सम्भावना देखियो,’ निगम सञ्चालक समितिका एक सदस्यले भने । यसपटक पेट्रोलको मूल्यलाई यथावत राख्ने निर्णय भएको उनले बताए ।

नयाँ खुद्रा बिक्री मूल्य मंगलबार राति १२ बजेदेखी लागु हुने छ । डिजेलको मूल्य घटेपश्चात खुद्रा बिक्री मूल्य प्रतिलिटर १ सय ५५ रुपैयाँ पर्नेछ । मट्टीतेल पनि १ सय ५५ रुपैयाँ पर्ने निगमले जनाएको छ । पेट्रोलको मूल्य यथावत राख्दा प्रतिलिटर १७५ रुपैयाँ नै पर्ने भएको छ ।

    सम्बन्धित समाचार...