१३ बैशाख २०८१, बिहीबार

कर्णालीमा थप १२० कोरोना संक्रमित, दैलेखका ८६ जना

Karnali I2VYaB4kim

कर्णालीमा बिहीबार १२० जना कोरोना भाइरस (कोभिड-१९)का संक्रमित थपिएका छन् । सुर्खेतस्थित प्रदेश अस्पताल र पशुपन्छी रोग अन्वेषण केन्द्रको प्रयोगशालामा भएको परीक्षणबाट सुर्खेत र दैलेखका १२० जनामा कोरोना पुष्टि भएको हो ।

सामाजिक विकास मन्त्रालयको स्वास्थ्य सेवा महाशाखाका प्रमुख डाक्टर लक्ष्मीनारायण तिवारीका अनुसार दैलेखका ८६ जना र सुर्खेतका ३४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

दैलेखको महाबु गाउँपालिका वडानम्बर २, ३, ४, ५ र ६, भैरवी गाउँपालिका-१, चामुण्डा विन्द्रासैनी नगरपालिका-६, दुल्लु नगरपालिका वडानम्बर ३ र ५ र गुराँसे गाउँपालिकाका १ र ५ वडामा संक्रमित भेटिएका हुन् । महाबुको वडा नम्बर २ का मात्रै एक बालक र ४ महिलासहित ५२ जना रहेका छन् ।

सुर्खेतको बराहताल गाउँपालिका, वीरेन्द्रनगर नगरपालिका, चाैकुने गाउँपालिका, चिङ्गाड गाउँपालिका, गुर्भाकोट नगरपालिका, पञ्चपुरी नगरपालिका र सिम्ता गाउँपालिकामा संक्रमित भेटिएका छन् ।

योसँगै कर्णालीमा कोरोना भाइरस संक्रमितको संख्या १२२४ पुगेको छ । जसमध्ये बिहीबारसम्म ५०५ जना डिस्चार्ज भएका छन् ।

बिहीबार कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान, जुम्लाबाट ६ जना, दैलेखको महाबुबाट एकजना, सुर्खेतको सालकोटबाट ३ जना, सिम्ताबाट एकजना गरी ११ जना डिस्चार्ज भएका छन् ।

कर्णालीमा हालसम्मा ४ जनाको मृत्यु भइसकेको छ ।

1
2 1