२४ बैशाख २०८१, सोमबार

फूलहमकाे जीतसँगै साउथह्याम्टन ११ बर्ष पछि रेलिगेसनमा

fullham1650425609

साउथह्याम्पटन ११ वर्षपछि इंग्लिस प्रिमियर लिगबाट घटुवा भएको छ। तालिकाको पुछारमा रहेको साउथह्याम्पटन घरेलु मैदानमा फुलह्यामसँग २ – ० गोलले हारेपछि दोस्रो श्रेणीमा झर्ने पक्का भएको हो ।

सेन्ट मेरी स्टेडियममा घरेलु टोली साउथह्याम्पटन जित्नै पर्ने दबाबसहित मैदानमा उत्रिएको थियो । साउथह्याम्पटनको समर्थनमा प्रधानमन्त्री ऋषि सुनक पनि मैदान पुगेका थिए । निर्धारित समयसम्म उसले कुनै पनि गतिलो मुभ बनाउन सकेन । फुलह्यामले पहिलो हाफदेखि नै घरेलु टोलीलाई दबाबमा राखेको थियो ।

विलियनले गरेको भलि प्रहारलाई ल्यान्सोले गोल लाइनबाट क्लियर गरे । फुलह्यामले दुवै गोल दोस्रो हाफमा गरेको हो । दोस्रो हाफ सुरु भएको केहीबेरमै कार्लोस अल्काराजले गोल गरेका थिए । तर त्यसले मान्यता नपाएपछि साउथह्याम्पटन अभागी सावित भयो ।

४८ औँ मिनेटमा कार्लोस भिनिसियसले गोल गरे । ७२ औँ मिनेटमा ८ खेलको निलम्बन पछि मैदान फर्किएका एलेक्जेन्डर मित्रोभिचले गोल गरेर टिमको जित सुनिश्चित गरे । २ – ० लेपछि परेको साउथह्याम्पटनले प्रतिक्रिया जनाउन सकेन ।

अब अगामी सिजन उसले सन् २०१२ पछि पहिलो पटक दोस्रो डिभिजनको लिग च्याम्पियनसिप खेल्नेछ । तालिकाको पुच्छारमा रहेको यो टिमले ३६ खेलमा २४ पराजय व्यहोरेको थियो । उसको २४ अंक मात्रै छ । यसबीच प्रशिक्षक परिवर्तन गरेर लयमा फर्काउन प्रयास गरेको साउथह्याम्पटन तालिकाको पुच्छारमा रहेको एक सय ३८ दिन पछि घटुवा भएको हो।

    सम्बन्धित समाचार...