१७ बैशाख २०८१, सोमबार

डा. गोविन्द केसी भन्छन्- दोषी ठहरिए प्रचण्ड, देउवा, ओली जो भएपनि छोड्नु हुँदैन

andolan maitighar e1683983671631

भ्रष्टाचार ढाकछोपविरुद्ध वृहत नागरिक आन्दोलन सुरु भएको छ।

काठमाडौंको नक्सालमा नागरिक अगुवाहरु मिलेर भ्रष्टाचार र भ्रष्टाचार ढाकछोपबिरुद्ध वृहत आन्दोलन सुरु गरेका हुन्। प्रदर्शनमा बोल्दै वरिष्ठ चिकित्सक डा. गोविन्द केसीले भूटानी शरणार्थी प्रकरणको सत्यतथ्इ छानबिन गर्न सरकारले खुट्टा कमाउनु नहुने बताए।

उनले भ्रष्टाचारको विस्तृत छानबिन हुनुपर्ने र निष्पक्ष रुपमा छानबिन गरी दोषीलाई कारबाहीको दायरामा ल्याउनुपर्ने पनि बताए।

उनले सरकारले शीर्ष नेताहरुको पनि छानबिन गर्नुपर्ने र छानबिनमा दोषी ठहरिए कारबाही गर्नुपर्ने बताए। उनले ठूला नेताहरु भ्रष्ट नभइकन साना तहका नेताहरुले भ्रष्टाचार गर्न हिम्मत नगर्ने बताए।

‘भूटानी शरणार्थी काण्डमा खुट्टा कमाउनु हुँदैन। छानबिन विस्तृत हुनुपर्छ, निष्पप्क्ष हुनुपर्छ, शीर्ष नेता पनि दोषी पाइयो भने उनीहरुलाई कारबाही हुुनपर्छ,’ उनले भने, ‘देउवा, ओली, प्रचण्ड पनि दोषी पाइयो भने कारबाही हुनुपर्छ। शीर्ष नेता भ्रष्ट नभइकन उ भन्दा तलको नेता भ्रष्ट हुन गाह्रो छ। निर्दोष हो भने प्रहरीमा उजुरी आउँथ्यो, उनीहरू भाग्न खोज्नु र भाग्नु भनेका स्वतः प्रष्ट हुन्छ।

    सम्बन्धित समाचार...