२१ बैशाख २०८१, शुक्रबार

नक्कली शरनार्थी प्रकरणमा कसैलाई बचाउन खोजिए आन्दोलनमा उत्रिने रविको चेतावनी

Rabi Lamichhane
फाइल फोटो

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले नक्कली शरनार्थी प्रकरण सामसुम पार्न खोजिएमा आफूहरु आन्दोलनमा उत्रिने चेतावनी दिएका छन् ।

आज (शनिबार) भक्तपुरको सूर्यविनायक नगरपालिकामा पार्टीका नेता तथा कार्यकर्तालाई सम्बोधन गर्दै उनले तीन दलका शीर्ष नेताहरु नै नक्कली शरनार्थी प्रकरण सामसुम पार्न खोजिएमा आफूहरु आन्दोलनमा उत्रिने बताएका हुन् ।

आफूले हिजो (शुक्रबार) प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई भेटेर नक्कली शरनार्थी प्रकरणमा तीन ठूला दलले सामसुम पार्न खोजेमा रास्वपा चुप नलाग्ने बताएकोसमेत स्मरण गरे ।

‘मैले प्रधानमन्त्रीलाई भेटेर भ्रष्टाचार प्रकरणमा दह्रो खुट्टा टेक्न भनेको छ् । छानविन अघि बढाउन भनेको छु । शीर्ष नेताहरुले यसलाई मिलाउन खोजेको देखिँदै छ । यसो गरिएमा हामी आन्दोलन गर्न तयार छौं,’– उनले भने ।

    सम्बन्धित समाचार...