२१ बैशाख २०८१, शुक्रबार

नक्कली शरणार्थी प्रकरण : दलहरूको दोहोरो चरित्र

khad 1

नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाउने प्रक्रियामा मुछिएका राजनीतिक दल आबद्ध व्यक्तिलाई उनीहरू आबद्ध दलले नै जोगाउने नीति अख्तियार गरिरहेका छन् ।

प्रहरी अनुसन्धानबाट नक्कली शरणार्थी प्रकरणमा जोडिएका प्रहरीले अनुसन्धान अघि बढाएका व्यक्तिलाई राजनीतिक दलले कारबाही गर्नुको साटो जोगाउने नीति लिइरहेका छन् । जसले ती दलको बोली एउटा काम र व्यवहार अर्कै देखिएको छ ।

शरणार्थी प्रकरणमा प्रहरीले पूर्वगृहमन्त्रीसमेत रहेका नेपाली कांग्रेसका केन्द्रीय सदस्य बालकृष्ण खाँणलाई पक्राउ गरी अनुसन्धान गरिरहेको छ भने सोही प्रकरणमा मुछिएका नेकपा (एमाले)का सचिव टोपबहादुर रायमाझी फरार छन् ।

प्रहरी हिरासतमा रहेका खाँणलाई कांग्रेसले पक्राउ परेको चार दिन बित्दासमेत पार्टीबाट कारबाही गर्न सकेको छैन् । यो समाचार आजको राजधानी दैनिकमा प्रकाशित छ ।

    सम्बन्धित समाचार...