
नेपाली स्टार स्ट्राइकर सावित्रा भण्डारी भारतीय महिला लिग इन्डियन वुमन्स लिगको सर्वाधिक गोलकर्ता बनेकी छन् । उनको गोल संख्या ४३ पुगेको छ ।
आज सावित्रा सम्मलित गोकुलम एफसीले मुम्बई नाइट्स एफसीलाई एघार एक गोलले हराएको हो । जसमा उनी एक्लै दुइ ह्याट्रिकसहित सात गोल गरिन् । यो गोलपछि उनले भारतकी लेजेन्ड बाला देविको किर्तीमान भंग गरेकी छन् ।
बाला देवीको नाममा ३८ गोल रहेको छ । उनले जारी सिजन ६ खेल खेल्दा २६ गोल गरेकी छन् । नेपाली राष्ट्रिय टोलीकी पनि उनी सर्वाधिक गोलकर्ता हुन् । उनले राष्ट्रिय टोलीका लागि ४४ खेलमा ४३ गोल गरेकी छन् । पछिल्लो पटक दशरथ रंगशाालामा ओलम्पिक छनौट अन्तगर्त भियतनामविरुद्ध उनले गोल गरेकी थिइन् ।