२३ बैशाख २०८१, आईतवार

यौन दुर्व्यवहारको आरोपमा कृषि विज्ञ मदन राई पक्राउ

madan rai

यौन दुव्र्यवहारको आरोपमा कृषिविज्ञ खोटाङका मदन राई पक्राउ परेका छन् ।

उनले खोलेको फाउन्डेसनमा राखिएका बालबालिकालाई यौन दुर्व्यवहार गरेको घटना बाहिरिएसँगै उनलाई प्रहरीले शुक्रबार पक्राउ गरिएको हो ।

जिल्ला प्रहरी कार्यालय खोटाङका डीएसपी मञ्जिल मुकारूङले मदन राईलाई उनीद्वारा सञ्चालित ‘शुभद्रा मदन फाउन्डेसन’बाटै पक्राउ गरिएको जानकारी दिए ।

राईलाई अहिले जिल्ला प्रहरी कार्याल खोटाङको हिरासतमा राखिएको छ। उनले आफैंद्वारा सञ्चालित फाउन्डेसनमा राखिएका बालबालिकालाई पटक–पटक यौन दुर्व्यवहार गरेको घटना सार्वजनिक भएको थियो ।

उक्त घटना सार्वजनिक भएलगत्तै उनलाई प्रहरीले पक्राउ गरेर हिरासतमा लिएको हो।

    सम्बन्धित समाचार...