७ बैशाख २०८१, शुक्रबार

सुनचाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?

gold silver

आज शुक्रबार सुनचाँदीको मूल्य घटेको छ । बिहिबार तोलाको १ लाख ११ हजार ६ सय रुपैयाँमा कारोबार भएको छापावाल सुन आज तोलामा ८ सय रुपैयाँले घटेर प्रतितोला १ लाख १० हजार ८ सय रुपैयाँमा नै कारोबार भइरहेको छ ।

तेजावी सुनको भाउ पनि तोलामा ८ सय रुपैयाँले घटेर तोलाको १ लाख १० हजार २ सय ५० रुपैयाँमा किनबेच भइरहेको छ । आज चाँदीको भाउ तोलामा ५५ रुपैयाँले घटेर प्रति तोला १ हजार ३ सय ७५ रुपैयाँमा कारोबार भईरहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले आज प्रति १० ग्राम छापावाल सुनको भाउ ९४ हजार ९ सय ९५ रुपैयाँ, दश ग्राम तेजावी सुनको मुल्य ९४ हजार ५ सय २५ रुपैयाँ र प्रति १० ग्राम चाँदीको मुल्य १ हजार १ सय ७९ रुपैयाँ कायम गरेको छ ।

    सम्बन्धित समाचार...