४ जेष्ठ २०८१, शुक्रबार

भ्रष्टाचारविरुद्ध कुन दल बढि चर्को र खरो भन्ने होडबाजी चलेको छ: तोषिमा कार्की

tosima karki

रास्वपाकी सांसद तोषिमा कार्कीले भ्रष्टाचारविरुद्ध अहिले कुन दल बढि खरो र चर्को भन्ने होडबाजी चलेको बताएकी छिन् । यस्तो होडबाजी चल्नु राम्रो संकेत भएको उनको भनाई छ ।

अब को बढि इमानदार हुने भन्ने होडबाजीको सुरुवात भएको दिन आफू यो देशको राजनीति संग्लिनेमा ढुक्क हुने उल्लेख गरेकी छिन् ।

सांसद कार्कीले फेशबुकमा लेखेकी छिन्– भ्रष्टाचार विरुद्द कुन दल बढि चर्को, को बढि खरो भन्ने होडबाजी चलेको छ। निकै राम्रो सङ्केत हो। को बढि ईमान्दार हुने भन्ने होडबाजीको सुरुवात भएको दिन ढुक्क हुनेछु मेरो देशको राजिनिती सङ्लिदैछ।

    सम्बन्धित समाचार...