१४ बैशाख २०८१, शुक्रबार

सुनको मूल्य स्थिर, चाँदीको घट्यो

gold silver

स्थानीय बजारमा बिहीबार सुनको मूल्य स्थिर छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यस दिन छापावाल सुन प्रतितोला एक लाख ११ हजार ६०० रुपैयाँमा करोबार भएको छ । बुधबार पनि छापावाल सुन प्रतितोला एक लाख ११ हजार ६०० रुपैयाँमै कारोबार भएको थियो ।

तेजाबी सुन प्रतितोला एक लाख ११ हजार ५० रुपैयाँमा कारोबार भएको छ । यस दिन चाँदीको मूल्य भने तोलामा १५ रुपैयाँले घटेर कारोबार भएको छ । चाँदी प्रतितोला एक हजार ४३० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

    सम्बन्धित समाचार...