२१ बैशाख २०८१, शुक्रबार

घट्याे नेप्से

share bajar stock

नेप्से परिसूचक बुधबार ९.१८ अंकले घटेको छ । नेप्से घटेसँगै कारोबार रकम पनि घटेको छ । बुधबार ६२ करोड एक लाख ८४ हजार रुपैयाँको सेयर किनबेच भएका छन् । मंगलबारको तुलनामा बुधबार कारोबार रकम पनि घटेको हो । अघिल्लो कारोबार दिन (मंगलबार) करिब ७० करोडको सेयर कारोबार भएको थियो ।

९.१८ अंकले घटेर नेप्से बुधबार १८५७.२३ विन्दुमा झरेको छ । पछिल्लो एक सातादेखि नेप्से निरन्तर घट्दै आएको छ । सेन्सेटिभ इन्डेक्स पनि १.१९ अंकले घटेको छ । फ्लोट इन्डेक्स ०.७० अंक र सेन्सिटिभ इन्डेक्स ०.३५ अंकले घटेको छ ।

बुधबार कारोबारमा आएका २६५ कम्पनीको २१ लाख ५५ हजर कित्ता सेयर किनबेच भएका छन् ।

बुधबार नेप्सेका १३ उपसमूहमध्ये दुई उपसमूहको परिसूचक बढेको छ भने ११ उपसमूहको परिसूचक घटेको छ । जसमा उत्पादन तथा प्रशोधन र म्युचुअल फन्ड उपसमूहको परिसूचक बढेको छ । तर यता जलविद्युत्, होटेल तथा पर्यटनलगायत अन्य उपसमूहका परिसूचक घटे ।

बुधबार आत्मनिर्भर लघुवित्तको सेयरमूल्य ६.०९ प्रतिशत बढेको छ । त्यस्तै श्वेत गंगा हाइड्रोपावरको सेयरमूल्य ५.६६ प्रतिशतले बढेको छ । तर यता एनआईबीएल ग्रोथ फन्डको एकाइ मूल्य ५ प्रतिशतभन्दा बढीले घटेको छ । बुधबारको कारोबारमा सबैभन्दा धेरै शिवम सिमेन्ट्स कम्पनीको तीन करोड पाँच लाख रुपैयाँबराबरको सेयर कारोबार भएको छ ।

    सम्बन्धित समाचार...