५ जेष्ठ २०८१, शनिबार

फेरि पृथ्वी राजमार्गमा सवारी आवागमन अवरुद्ध

344537476 119925791057382 3028157036421347289 n

पृथ्वी राजमार्गस्थित धादिङको धुनीवेशी नगरपालिका–६ धार्के सडकखण्डमा सवारी आवागमन फेरि अवरुद्ध भएको छ ।

धुनिबेँसी नगरपालिका र थाक्रे गाउँपालिका जोड्ने गणेशखोलामाथिको पुलको मुखमा जमिन भ्वाङ परेपछि फेरि सवारी आवागमन रोकिएको हो । सोमबार पुल भासिएपछि अवरुद्ध भनेको सवारी आवागमन मंगलबार बिहानबाट एकतर्फी चल्न थालेको थियो ।

फेरि बुधबार मध्यान्हबाट १२ बजेदेखि पुलको मुखमा सडक भ्वाङ परेपछि दुवैतर्फी सवारी आवागमन बन्द भएको हो । सवारी आवागमन खुलाउने प्रयास भइरहेको प्रहरीले जनाएको छ ।

    सम्बन्धित समाचार...