७ बैशाख २०८१, शुक्रबार

सुर्खेतकी युवतीमा आत्महत्यापछि कोरोना पुष्टि

corona 1

सुर्खेतमा झुण्डिएर मृत अवस्थामा भेटिएकी एक युवतीमा कोरोना संक्रमण पुष्टि भएको छ ।

सुर्खेतको सिम्ता गाउँपालिका-८ मा घर नजिकै झुण्डिएर २५ वर्षीय एक युवतीमा आत्महत्यापछि कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो।

असार १ गते आत्महत्या गरेकी उनको शव पोस्टमार्टमका लागि मेहलकुना अस्पताल लगिएको थियो । पोष्टमार्टम गर्नुअघि कोरोना परीक्षण गर्दा बुधबार संक्रमण पुष्टि भएको कर्णाली सामाजिक विकास मन्त्रालयको स्वास्थ्य सेवा महाशाखाका प्रमुख डा. लक्ष्मीनारायण तिवारीले जानकारी दिए ।

गाउँपालिका प्रमुख कविन्द्र कुमार केसीका अनुसार युवती गत जेठ १ गते रूखमा झुन्डिएको अवस्थामा फेला परेकी थिइन्।

युवतीको शव अहिले मेलकुना अस्पतालमा रहेको र सेनाको टोलीले दाहसंस्कार गर्ने तयारी गरेको उनले बताए।

युवती गत जेठ १२ गते श्रीमान र तीन वर्षकी छोरीसहित भारतबाट आएर सिम्ताकै एक क्वारेन्टिनमा १४ दिन बसेका थिए । गाउँपालिकाको क्वारेन्टिन बसाइँपछि उनी २६ गते घर गएकी थिइन्।

क्वारेन्टिनबाट घर जाने क्रममा आरडीटी विधिबाट कोरोना एन्टीबडी जाँच गर्दा रिपोर्ट नेगेटिभ आएको जिल्ला जनस्वास्थ्य कार्यालय प्रमुख चेतननिधि वाग्लेले जानकारी दिए । त्यसपछि होम क्वारेन्टिनमा बस्ने गरी पठाइएको उनले बताए ।

घर पुगेको केही दिनमा युवती परिवारको सम्पर्कबाट हराएकी थिइन्। त्यसपछि खोजी गर्ने क्रममा १ गते उनी रूखमा झुन्डिएको अवस्थामा फेला परेकी थिइन्।

यो कर्णालीमा मृत्युपछि कोरोना संक्रमण पुष्टि हुनेको संख्या ४ पुगेको छ । युवतीको शव मेहलकुना अस्पतालमा नै राखिएको छ । उनको शव व्यवस्थापन नेपाली सेनाले गर्नेछ ।