२० बैशाख २०८१, बिहीबार

पुन: शीर्ष स्थानमा आर्सनल

arsenal vs aston

इंग्लिस प्रिमियर लिगको उपाधि दौडमा रहेको आर्सनलले चेल्सीलाई ३ – १ गोलले पराजित गरेको छ ।

प्रिमियिर लिगमा आर्सनलले ४ खेलपछि पहिलो जित हात पारेको हो । उसले पछिल्ला ४ खेलमा ३ मा बराबरी र एकमा हार बेहोरेको थियो ।

म्यानचेस्टर सिटीसंग ४ – १ गोलले पराजित भएपछिको पहिलो खेलमा आर्सनलले उत्कृष्ट पुनरागमन गरेको हो । इमिरेट्समा गएराति लन्डन डर्बीमा १८ औं मिनेटमा मार्टिन ओडेगार्डको गोलमार्फत घरेलु टोलीले अग्रता लिएको थियो । ३१ औं मिनेटमा उनैले टिमका लागि दोस्रो गोल थपे ।

३४ औं मिनेटमा गाब्रिएल जेजसले गोल गरेपछि चेल्सी पहिलो हाफमै ३ – ० ले पछि परेको थियो । ६५ औं मिनेटमा चेल्सीका नोनी माडुएकेले सान्त्वना गोल फर्काए।

गोलकिपर केपाले लगातार आर्सनलको प्रहारको बचाउ गर्दै चेल्सीलाई थप गोल खानबाट बचाएका थिए ।

अन्तरिम प्रशिक्षक फ्राङ्क लाम्पार्डको नेतृत्वमा चेल्सीको यो छैटौँ हार हो । आर्सनल भने पुन: उपाधि दौडमा फर्किएको छ । शीर्ष स्थानमा रहेको उसको ३४ खेलबाट ७८ अंक छ । दोस्रो स्थानमा रहेको सिटीको ७६ अंक छ । तर उसले आर्सनलभन्दा २ खेल कम खेलेको छ । १२ औं स्थानमा रहेको चेल्सीको ३९ अंक छ।

    सम्बन्धित समाचार...