२५ बैशाख २०८१, मंगलवार

लिग ला लिगाको उपाधि नजिक बार्सिलोना

barcelona

बार्सिलोना स्पेनिस लिग ला लिगाको उपाधि नजिक पुगेको छ । गएराति भएको खेलमा दश खेलाडीमा समेटिएको ओसासुनालाई १-० गोलले पराजित गरेपछि बार्साले तालिकामा दोस्रो स्थानको रियाल मड्रिडसंगको दूरी १४ अंकले बढायो ।

घरेलु मैदान क्याम्प नोउमा बार्साले मिड टेबल ओसासुनासंग पहिलो हाफ गोलरहित बराबरी खेलेको थियो । २६ औँ मिनेटमै ओसासुना दश खेलाडीमा झरेको थियो। होरे हर्नान्डोले बार्साका पेड्रिलाई फल गरेपछि रातो कार्ड पाउँदै मैदान बाहिरिएका थिए । हर्नान्डोले व्यावसायिक करियरको डेब्यु खेलमै रातो कार्ड खाएका हुन् । यसका बाबजुद संगठित देखिएको ओसासुनाले बार्साका फरवार्डलाइ निराश बनायो । ७९ औँ मिनेटमा रोबर्ट लेवान्डोस्कीले गोल गरेपनि अफसाइड भयो ।

८५ औँ मिनेटमा बार्सा डेड लक तोड्न सफल भयो । उसका लागि वैकल्पिक जोडी आल्बाले गोल गरेका थिए । यो गोलनै ७६ हजार बढी समर्थकका बीच बार्साको जितमा निर्णायक बन्यो । लिग लिडर बार्साको ३३ खेलबाट ८२ अंक छ । रियाल ६८ अंकसहित दोस्रो स्थानमा छ । नवौँ स्थानको ओसासुनाको ४४ अंक छ । बार्साले पछिल्लो पटक सन् २०१८–१९ को सिजनमा लिग उपाधि जितेको थियो ।

    सम्बन्धित समाचार...